साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महिला प्रहरीको मृत्यु

​​​​​​​

बाँके । बाँकेमा एक महिला प्रहरी हवल्दारको मृत्यु भएको छ । गएराती बाँकेको हवल्दारपुर स्थित अस्थाई प्रहरी चौकीमा कार्यरत समुन्द्रकला नेपालीको उच्च रक्तचापका कारण मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेले जनाएको छ ।  

प्रदेश अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा।अमिन कुमार श्रेष्ठका अनुसार मृतक प्रहरी हवल्दार नेपाली गएराती अस्वस्थ भएपछि चेकजाँचका लागि प्रदेश प्रहरी अस्पतालमा जान भएको थियो । चेकजाँच क्रममा समुन्द्रकलालाई अस्पतालमा भर्ना गरिएको डा। श्रेष्ठले बताउनुभयो । 

श्रेष्ठका अनुसार उहाँ पहिलादेखि नै बिरामी हुनुन्थ्यो  । उहाँले स्वास्थ्य चेकजाँच नियमित नगरेको र आफ्नो स्वास्थ्यका बारेमा गम्भीर नभएको हुनाले उहाँको प्रेसर नियन्त्रणमा आउनुको साटो अझै उच्च हुन पुगेको श्रेष्ठले बताउनुभयो ।  ‘हामीले उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अण्डर अभ्जरभेसनमा राखेका थियौं । तर एक्कासी उच्च रक्तचापका कारण उहाँको मृत्यु हुन पुग्यो । उहाँ पहिलादेखि नै बिरामीहुनुहुन्थ्यो, उहाले आफ्नो स्वास्थयबारे खासै वास्ता गर्नुभएनछ’, श्रेष्ठले बताउनुभयो । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : २४ बजे