दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

झापामा एकै दिन तीनजना मृत फेला

भद्रपुर, झापा । झापामा एकै दिन तीन जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार एकै दिन दुई जना झुन्डिएको अवस्थामा र एकजना भवनभित्र मृत फेला परेका हुन् । 

बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा इलाम देउमाई नगरपालिका वडा नं. ८ जीतपुर आमबोटे बस्ने १७ वर्षीय प्रभु तामाङ झुन्डिएको अवस्थामा फेला परेका थिए । रुखमा सलको पासो लगाई उनी झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । तामाङ ४ दिनअघि घरबाट हिँडेका थिए ।

त्यस्तै, झापा गाउँपालिका ३ गैरीगाउँ बस्ने गोविन्द पराजुलीकी छोरी १६ वर्षीया अनुषा पराजुली आफ्नै घरको आफू सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लागेर झुन्डिएकी छन् । आफन्तले देखेर तत्काल पासो खोले पनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै, शिवसताक्षी १० स्थित वाणिज्य संघको निर्माणाधीन भवनभित्र मागी खाई हिँड्ने पुरुष मृत फेला परेका छन् । मृतक धरान ६ बस्ने अन्दाजी ४० वर्षीय यमकुमार धमला भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : १८ बजे