‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोप छ ।

सोही आरोपमा उनीमाथि प्रहरीमा निवेदन परेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ ।

नेपालमा राइड सेयरिङ भित्र्याउने टुटल पहिलो कम्पनी हो । हाल पठाओ र इन्ड्राइभ समेत सञ्चालनमा छन् । पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १ : ५९ बजे