राष्ट्रपति भवनमा घटस्थापना

बालकुमारी घटना: छानबिन गर्न गठित आयोगका अध्यक्षलाई राज्यमन्त्रीसरह,सदस्यलाई सचिवसरहको सेवा सुविधा

काठमाडौं। बालकुमारी घटनामा छानबिनका लागि गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यहरुका लागि सरकारले सुविधा तोकेको छ ।

आयोगका अध्यक्षलाई राज्यमन्त्रीसरह र सदस्यलाई सचिवसरहको सेवा सुविधा दिइएको हो । आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल रहेका छन् ।

त्यस्तै सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराई छन् ।

आयोगका अध्यक्ष पौडेलले आफूले पाउने पारिश्रमिकको ५० प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधनबापतको रकम पाउनेछन् ।

आयोगका सदस्यलाई राजपत्रांकित विशिष्ट श्रेणी सरहको पारिश्रमिक एवम उक्त पारिश्रमिकको ५० प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधनबापत मासिक ७० हजार रूपैयाँ नै उपलब्ध गराइनेछ ।

पुस १३ गतेका दिन ललितपुर महानगरपालिका–८ बालकुमारीमा भएको घटनानको सम्बन्धमा निष्पक्ष र वस्तुगत छानबिन गर्नका लागि जाँचबुझ आयोगलाई कार्यादेश दिएको छ ।

इपीएस भाष परीक्षामा आवेदन हाल्नुपर्ने माग गर्दै बालकुमारीमा भएको प्रदर्शनमा दुई युवामा ज्यान गएको थियो । सो घटनाको जाँचबुझ गर्न सरकारले आयोग गठन गरेको हो ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १२ : ५२ बजे