दलित गाउँका पहिलो शिक्षक

नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सबै देशभक्त नेपालीले निन्दा र विरोध गरौँ : नेता रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा। भीम रावलले नेपालमा भारतले आफूखुसी २० करोडका आयोजना सञ्चालन गर्न पाउने कुराको विरोध जनाउनुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता डा. रावलले विदेश भक्तिको काँग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु  पुष्पकमल दाहाल 'प्रचण्ड]ले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफूखुसी २० करोडका आयोजना सञ्चालन गर्न पाउने कुकृत्य भारतीय विदेश मन्त्री एस् जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदाङ्ग भएको बताउनुभयो ।

उहाँले नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सबै देशभक्त नेपालीले सशक्त रूपमा निन्दा र विरोध गर्न आव्हान समेत गर्नुभयो । 

''यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिँड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन।'', उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ''यो षडयन्त्र देशको स्वाधीनता र समृद्धि होला भनेर बन्दुक बोकी ज्यानको बाजी लगाउनेहरूलाई थाहै भएन !''

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ११ : १२ बजे