सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गाजाबाट ५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार

रामल्लाह । इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ ।

’प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स–प्रिजनर्स अफेयर्स अथोरिटी र ’प्यालेस्टाइन प्रिजनर्स क्लबले’ संयुक्त विज्ञप्ति जारी गर्दै ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका थुप्रै आफन्त पनि रहेको उनीहरूले बताएका छन् ।

समूहहरूले गाजाबाट महिला बन्दीहरूको वास्तविक सङ्ख्या बढी रहेको  जानकारी आएको  तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्याङ्क  रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको – गिरफ्तार महिलाहरूले “यातना र अपमान“ को सामना गर्नुपरेको छ र गाजाका  अन्य बन्दीहरू जस्तै “पीडादायी परिस्थिति“ मा हिरासतमा राखिएका छन् ।

इजरायलले मानवअधिकार सङ्गठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे बुझ्न रोकेको र साथै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई त्यहाँ पहुँच दिन पनि अस्वीकार गरेको बताएको छ।

यता इजरायली जेल प्रशासनले भने, त्यहाँ केवल ६६१ जना गाजा बन्दीहरू रहेको खुलासा गरेको छ र तिनीहरूलाई “गैर कानुनी लडाकु“ भनेर दर्जा दिइएको छ। रासस–सिन्ह्वा 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : २५ बजे