‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृति राेक्का

काठमाडौं । सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार रसिया–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरिएको हो ।

विभागले एक सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको जनाएको हो ।

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ५ : ५८ बजे