राष्ट्रपति भवनमा घटस्थापना

नेपालगन्ज-कोहलपुर सडक अवरुद्ध

नेपालगन्ज । रत्न राजमार्ग अन्तर्गत नेपालगन्ज-कोहलपुर सडकखण्ड अवरुद्ध भएको छ । नेपालगन्जको कारकाँदोमा पुस १५ गते राती स्कारपियोको ठक्करबाट दुई जनाको मृत्यु भएको घटनामा प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेको भन्दै मृतकका आफन्तजनले सडक अवरुद्ध पारेका हुन् ।  मृतकका आफन्तले अहिले टायर बालेर सडकमा प्रदर्शन गरिरहेका छन्  ।

नेपालगञ्ज–१८ कारकाँदोमा सूदुरपश्चिम ०१००१ च ६३४६ नम्बरको स्कर्पियोले ठक्कर दिँदा २४ वर्षीया आस्था शाह र बर्दियाको राजापुर नगरपालिका–१० का २५ वर्षीय मायाराम थारुको मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी नेपालगञ्ज–१३ की २५ वर्षीया साहाना शाह घाइते हुनुभएको थियो । चालक कैलाली लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।  

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १ : ४३ बजे