सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आक्रमणमा मारिएका हमास उपप्रमुख अरोरीको तोकिएको थियो ५० करोड अमेरिकन डलर

गाजा । हमासका शीर्ष अधिकारी सालेह अरोरीको मृत्यु भएको छ । इजरायल र हमासबीच भएको लडाईको बीचमा उनको मृत्यु भएको हो ।

हिजबुल्लाहको टेलिभिजन स्टेशनले बेरुतको दक्षिणमा भएको विष्फोटमा सालेहको मृत्यु भएको पुष्टि गरेको छ । उनी दक्षिणी बेरुतमा ड्रोन आक्रमणको निशानामा सालेह अरोरी मारिएका हुन्।

अल जजीराका अनुसार सालेह अरोरी हमासको राजनीतिक ब्यूरोका उपप्रमुख थिए र प्यालेस्टिनी समूहको सशस्त्र शाखा कसम ब्रिगेडका संस्थापक समेत हुन । उनको जन्म १९६६ मा कब्जा गरिएको वेस्ट बैंकको रामल्लाहमा भएको थियो ।

इजरायली जेलमा १५ वर्ष बिताए पछि सालेह अरोरी लामो समयदेखि लेबनानमा निर्वाशित जीवन बिताइरहेका थिए । गत वर्ष अक्टोबरमा इजरायली सेनाले रामल्लाह नजिकैको उनको घर भत्काएको थियो ।

अमेरिकी सरकारले सन् २०१५ मा उनलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो र उनको बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकन डलर पुरस्कारको घोषणा गरेको थियो ।

बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाह र प्यालेस्टिनी समूह सक्रिय छन् । हमासको पनि त्यहाँ कार्यालय छ । अलजजीराका अनुसार हिजबुल्लाहले लेबनानमा भएको सो हत्या पछि इजरायललाई चेतावनी दिएको छ ।

गत वर्ष इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा प्यालेस्टाइनी नेताहरूलाई धम्की दिँदा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले लेबनानी भूमिमा कुनै पनि लेबनानी, प्यालेस्टाइन, इरानी वा सिरियाली व्यक्तिको हत्या गरे कडा प्रतिक्रिया दिइने बताएका थिए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १२ : १७ बजे