यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिकारअनुसार आज लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यसैगरी, नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, लोकल सानो गोलभेँडा १२ रुपैयाँ, अदुवा १४०, रातो आलु ३५, रातो भारतीय आलु ३०, स्थानीय काउली २०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७०, अकबरे हरियो खुर्सानी प्रतिकेजी ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

समितिका अनुसार तोरीको साग ४० रुपैयाँ, रायो साग ३० रुपैयाँ कायम गरिएको छ । यस्तै चमसूर, पालुङ्गो,  मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । तराई परबर ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदिना प्रतिकेजी २२० रुपैयाँमा किनबेच भइरहेको छ ।

ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँ, डल्ले भान्टा ४०, हरियो धनियाँ १०० रुपैयाँ कायम गरिएको छ ।

समितिले हरियो अङ्गुर प्रतिकेजी २२० रुपैयाँ र कालो अङ्गुर ३२० रुपैयाँ, अनार ३०० रुपैयाँ किवी २५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ११ : ३४ बजे