दलित गाउँका पहिलो शिक्षक

भारतीय विदेश मन्त्री जयशङ्कर नेपालमा 

काठमाडौँ । भारतीय विदेश मन्त्री डा एस जयशङ्कर नेपाल आइपुग्नुभएको छ । 

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेश मन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउनु भएको हो । 

उहाँ भारतीय वायुसेनाको विशेष आइएफसी ३१ विमानबाट बिहान ९ः३० मा नेपाल आइपुग्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभएको थियो ।

उहाँ ११ः००बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानुहुने छ । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ः०० बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै १ः०० बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उहाँ सवा १ बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनुहुनेछ ।

भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो ।  उक्त मञ्चमा दुवै देशले मन्त्री स्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् । 

विदेश मन्त्री जयशङ्करले आजै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नुहुने जनाइएको छ ।

 

 

 

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १० : ४१ बजे