दलित गाउँका पहिलो शिक्षक

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको संयुक्त बैठक आज पुनः बस्दै

काठमाडौँ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको संयुक्त बैठक आज पुनः बस्दै छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सिट बाँडफाँटको विषयमा छलफल शीर्ष नेताहरूको संयुक्त बैठक आज पुनः बस्न लागेको हो ।

बुधवारको छलफल टुङ्गोमा पुग्न नसकेपछि आज बिहान ९ः०० बजे पुनः बैठक बस्न लागेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ  सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गर्नुभएको थियो । 

एमालेको आग्रहमा बुधवार सहमति नभएपछि आ–आफ्नो दलभित्र छलफल गरेर आज पुनः बैठक बस्न लागेका हुन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ८ : १४ बजे