दलित गाउँका पहिलो शिक्षक

भारतीय विदेश मन्त्री आज नेपाल आउँदै

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेश मन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेश मन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउन लाग्नु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । 

भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो ।  उक्त मञ्चमा दुवै देशले मन्त्री स्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् । 

भ्रमणका क्रममा विदेश मन्त्री जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुहुनेछ । 

नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको हो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ७ : ०५ बजे