दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीको ‘हडताल’ !

काठमाडौँ । प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरु  हडतालमा उत्रिएका छन् ।

भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै कर्मचारीले बुधबार ३:३० बजेदेखि हडताल सुरु गरेका हुन् । अध्यागमनका कर्मचारीले स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग गरेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरेपछि कर्मचारीहरू आन्दोलित भएका छन् । यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर अनुसन्धान चलाएको छ ।

विमानस्थलको अध्यागमन रहेका  २४ मध्ये ६ वटा काउण्टर मात्रै संचालनमा आउँदा काम निकै ढिलो भइरहेको छ । 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : ०४ बजे