राष्ट्रपति भवनमा घटस्थापना

सुमोको ठक्करबाट युवकको मृत्यु

वीरगञ्ज । बाराको जीतपुरमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

 गएराति टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वीरगञ्जका २७ वर्षीय दीपक शर्माको मृत्यु भएको हो । 

पथलैयाबाट जीतपुरतर्फ आउँदै गरेको सुमोले जेब्रा क्रसिङमा रोकिरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर भएका शर्मालाई वीरगञ्जको गण्डक स्थित न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारका क्रममा तत्कालै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

फरार रहेका सुमो चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : १७ बजे