‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पर्सा प्रहरीद्वारा दुई करोडको सामानसहित ३ वटा ट्रक नियन्त्रणमा

वीरगञ्ज​​​​​​​जिल्ला प्रहरी कार्यालय पर्साले झन्डै २ करोड मूल्य बराबरका भन्सार छलीका सामान सहितको तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । 

बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको मालवाहक ट्रक वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा प्रहरीले १ करोड ८९ लाख ९७ हजार २८७ मूल्य बराबरका सामान सहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिनुभयो । 

सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ गण्डक, वडा नं. ८ घण्टाघर र वडा नं. १४ प्रतिमा चोकस्थित सडक खण्डमा ट्रकहरु नियन्त्रणमा लिएको र ट्रक चेकजाँचको क्रममा प्रज्ञापन पत्र भन्दा बढी सामान रहेको भेटिएको थापाले बताउनुभयो । 

नियन्त्रणमा लिइएको ना.४ ख ८३१८, ना.३ ख ४१४१ र एनएल ०१ जी १८८६ नम्बरको मालवाहक ट्रकलाई आज सामान सहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : १३ बजे