काठमाडौं । म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका एक थुनुवा हत्कडीसहित फरार भएका छन् ।
डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् ।
उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १८ पुस २०८०, बुधबार ४ : ०४ बजे
प्रतिक्रिया