सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी ओपनर तथा विकेट किपर ज्योति पाण्डेले खेल जीवनबाट सन्यास लिएकी छन् ।

आज (बुधबार) विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै उनले क्रिकेटबाट सन्यास लिएकी हुन् ।

उनले सन् २०२१ नोभेम्बर १७ मा कतारविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टोलीको तर्फबाट अन्तिम खेल भने गत वर्ष जुन ४ मा मलेसियाविरुद्ध खेलेकी थिइन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ३ : ४६ बजे