राष्ट्र बैंकको सिस्टम ह्याक गरेकाे दाबी, डेटा बेच्ने तयारी !

काठमाडौं । एक ह्याकरले नेपाल राष्ट्र बैंकको वेब एप्लिकेसनमा पहुँच बनाएर सोर्स कोड फेला पारेको दाबी गरेका छन् ।

आफूलाई 'ब्याडबुद्ध' भनेर चिनाउने ती ह्याकरले १७ डिसेम्बरमा ब्रिच फोरममा एक पोस्ट राख्दै सोर्स कोड पत्ता लगाएको दाबी गरेका हुन् । 

सो पोस्टमा नेपाल राष्ट्र बैंकको नाम उल्लेख छैन । यद्यपि एक वर्षअघि ७९३.७५ अर्ब आम्दानी गर्ने नेपालको सबैभन्दा ठूलो बैंकको सोर्स कोड पत्ता लगाई बेच्न लागेको बताइएको छ ।

यस विषयमा एक साइबर सुरक्षा विश्लेषकले त्यहाँ उपलब्ध गराएको ईमेल ([email protected]) मा बैंकबारे बुझ्न खोजेका थिए । त्यस क्रममा ब्याडबुद्धले सो डेटा नेपाल राष्ट्र बैंकको भएको पुष्टि गरेका छन् ।

यस विषयमा नेपाल राष्ट्र बैंक पनि जानकार रहेकाे पाइएकाे छ । 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : ३२ बजे