राष्ट्रपति भवनमा घटस्थापना

एकैघरका १८ माउबाख्रा एकैपटक मरे

उदयपुर । अज्ञात रोगको कारण उदयपुरको सदरमुकाम गाईघाटमा एकैघरका १८ माउबाख्रा एकैपटक मरेका छन् ।

जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित आदर्श टोलका हिमचुली कृषि उधम केन्द्रका संचालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन ।

अज्ञात रोगका कारण कृषक खड्काको गोठनै रित्तिनेगरी १८ माउबाख्रा एकैपटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताए । मंगलबार विहान एकैपटक ९ वटा बाख्रा मरेको भन्दै कृषकले बोलाएपछि कृषकको घरमा पुगेका वडा अध्यक्षले कृषकको घरबाट नै पशु प्राविधिकलाई खबर गरेका थिए ।

मंगलबार आफैँले पशुप्राविधिकलाई कृषकको घरमा पठाईदिए पनि उपचार गर्दा गर्दै मंगलबार साँझ सम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाई छ । सोमबार राती आफूले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकैपटक मरेको कृषक खडकाले जानकारी दिए ।

उपचार गर्दा गर्दै मंगलवार साँझ सम्ममा १८ वटा बाख्रा एकैपटक मरेपछि कृषक खड्कालाई ठूलो आर्थिक नोक्सानी भएको छ । सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने स्थानमै २४ घण्टा भित्रै १८ वटा माउबाख्रा मर्नु गम्भीर रहेको स्थानीय कृषकको भनाई छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : ४९ बजे