दलित गाउँका पहिलो शिक्षक

राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ 

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ः०० आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा सिट भागबन्डाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । 

सत्ता गठबन्धन दलहरुबीच आफ्नो रिक्त भएको पद जोगाउँदै एमालेको ९ पदमा भागबन्डा गर्ने सहमति भइसकेको छ। यद्यपि, सङ्ख्या टुङ्ग्याउन सकेका छैनन्।

मङ्गलवार बसेको काँग्रेस र माओवादी बिचको बैठकमा गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर सिटको भागबण्डा टुङ्ग्याउने सहमति बनेको छ। त्यही अनुसार आज बैठक बस्न लागेको हो।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ११ : ४९ बजे