दलित गाउँका पहिलो शिक्षक

एमाले प्रदेश कमिटीले राष्ट्रियसभा निर्वाचनका लागि आज केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने 

काठमाडौँ । नेकपा एमाले प्रदेश कमिटीले राष्ट्रिय सभा निर्वाचनका लागि आज केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने भएका छन् । 

प्रदेश कमिटीले आज राष्ट्रियसभा निर्वाचनका लागि आकाङ्क्षी उम्मेदवारको नाम केन्द्रमा पठाउन लागेका हुन् । 

प्रदेश कमिटीले आजसम्म आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गर्ने र त्यसपछि केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले नयाँलाई प्राथमिकता दिइने बताउँदै बाँकी छलफल जारी रहेको जानकारी दिनुभयो । 

प्रमुख गौतमले प्रदेशबाट आकाङ्क्षी उम्मेदवारको नाम केन्द्रमा पुगेपछि आवश्यक छलफल गरेर उम्मेदवारको टुङ्गो लगाइने बताउनुभयो । एमालेले नयाँ र युवालाई प्राथमिकतामा राखेर उम्मेदवार छनोट गर्ने उहाँले बताउनुभयो । 

आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदै छ । त्यसको लागि दलहरूले उम्मेदवारको टुङ्गो लगाउन थालेका छन् । 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १० : १६ बजे