‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भाषामा देखिएकाे अन्योलता हटाउन विशेष विज्ञ समिति आवश्यक छ :  काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भाषाका विषयमा रहेका अन्योल हटाउन विज्ञ संलग्न समितिको खाँचो रहेको बताउनुभएको छ । त्यसका लागि सरकार नै प्रमुख जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ छ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा सोमबार सञ्चारग्राममा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले भाषासँग सरोकार राख्ने पक्ष समेटेर समिति नै बनाएर सरकारले पहल गरे भाषासम्बन्धी अन्योल हट्ने विश्वास व्यक्त गर्नुभयो । भाषा आयोग आफैँ अलमलमा रहँदा पनि अन्योलको स्थिति आएकाले वरिष्ठ र अनुभवी विज्ञ संलग्न समितिको आवश्यक्ता भएको औँल्याउनुभयो ।

साहित्यिक पत्रकारिताबाट समग्र पत्रकारिताले कुन भाषाको र कसरी प्रयोग गर्ने भनी सिक्नुपर्नेमा उहाँको जोड छ । “हामी हजुरबुबालाई तिमी भन्दैनौँ तर पत्रकारितामा त्यही प्रयोग भएको छ ।” उहाँले भन्नुभयो, ‘साहित्यिक पत्रकारिताले समग्र पत्रकारिता बचाउने र साहित्यिक पत्रकारितालाई राज्यले बचाउनुपर्छ ।’  कुन निकायको भाषालाई आधिकारिक मान्ने भन्ने अन्योल रहेकाले त्यो हटाएर एकरुपता कायम हुनुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले पनि भाषालाई सर्वमान्य बनाउनका लागि सरकारले भाषाका विषयमा विज्ञता भएका व्यक्तिहरु राखेर समिति बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : १४ बजे