राष्ट्रपति भवनमा घटस्थापना

नयाँ वर्ष मनाउन नेपाल आएका दुई भारतीय नागरिकको दुर्घटनामा मृत्यु 

वीरगन्ज । रौतहटमा ट्याङ्करले अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका २ जना भारतीय नागरिकको उपचारको क्रममा बीरगंजको नारायणी अस्पतालमा मृत्यु भएको छ ।

गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्याङ्करले पूर्वबाट आउँदै गरेको अटोलाई ठक्कर दिएको थियो ।

अम्लेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्याङ्करले बागमतीको नुनथरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

ट्याङ्करको ठक्करबाट अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षीय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षीय अवधेश गम्भीर घाइते भएपछि उनीहरूलाई थप उपचारका लागि बीरगंजमा ल्याइएको र उनीहरूको नारायणी अस्पतालमा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागमतीको नुनथर आएका थिए । प्रहरीका अनुसार टेम्पुमा ६ जना सवार थिए । दुर्घटनामा टेम्पु चालक सर्लाहीको बागमती नगरपालिका–६ खाल्टे बस्ने ४४ वर्षीय भूपेन्द्र सहनीसहित घाइते भएका छन् ।

घाइतेहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । अटोलाई ठक्कर दिने ट्याङ्करका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : १७ बजे