राष्ट्रपति भवनमा घटस्थापना

रूसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु भएको छ । युक्रेनी सेनाको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका छन् । यसअघि रूसी सेनामा रहेका सातजना नेपालीको मृत्यु भइसकेको छ ।

योसँगै हालसम्म रूसी सेनामा रहेका दश जना नेपालीको मृत्यु भएको छ ।

यस्तै, चारजना नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : ०२ बजे