काठमाडौंं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
स्वास्थ्य विभागका कर्मचारी नियुक्तिको विषयलाई लिएर विवाद भएपछि अधिकृत अधिकारीलाई कार्यालय प्रवेशमै रोक लगाएका हुन् ।
मेयर साहले १० औँ तहका कर्मचारी नुरनिधी न्यौपाने र आठौँ तहका रामप्रसाद पौडेल र भगवती बिडारीलाई निलम्बन गरेका छन् ।
मेयर साहले सोमबारबाट अधिकृत अधिकारीलाई कार्यालयमा नआउन निर्देशन दिएका थिए ।
प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार २ : ०१ बजे
प्रतिक्रिया