दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बालकुमारीमा ज्यान गुमाएका दुई युवालाई शहीद घोषणा गरिने

काठमाडौँ । गएको शुक्रबार ललितपुरको बालकुमारीमा ज्यान गुमाएका दुई जना युवालाई शहीद घोषणा गरिने भएको छ ।

नेपाल सरकार र ती युवाका परिवारकाबीच भएको सहमति बमोजिम उनीहरुलाई शहीद घोषणा गरिएको र परिवारका सदस्यलाई रोजगारी दिइने भएको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र ती युवाका परिवारबीच हिजो भएको ४ बुँदे सहमतिमा सो कुरा उल्लेख गरिएको छ ।

सो सहमति बमोजिम सरकारले ती युवालाई शहीद घोषणा गर्नेछ भने परिवारका कम्तीमा पनि एकजनालाई रोजगारी दिइने छ । इपिएस प्रणालीबाट कोरिया जानका लागि परिक्षा दिन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पुगेपछि त्यहाँ भएको झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको थियो ।

त्यहाँ जम्मा भएका युवाले मन्त्री ज्वालाको गाडी नै जलाइदिएका थिए । सो घटनामा सहभागी भएका मन्त्री ज्वाला तथा श्रममन्त्री शरतसिंह भण्डारीमाथि अनुसन्धान गर्न संसदको राज्य व्यवस्था समितिले आदेश दिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : ५७ बजे