दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यातायात र श्रम मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन

काठमाडौं – गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाका विषयमा संसदीय समितिले भौतिक पूर्वाधारमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भूमिका छानबिनका गर्न सरकारलाई निर्देशन दिएको छ। 

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रममन्त्री शरदसिंह भण्डारीको भूमिका छानबिन गर्न सरकारलाई राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको हो। 

बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रबार इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जना नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताउनुभयो।

समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ११ बजे