सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौँ । जापानको इशिकावा प्रान्तमा सोमबार शक्तिशाली भूकम्प गएको छ ।  रेक्टर स्केलमा यसको तीव्रता ७.४ मापन गरिएको छ । प्रशासनले सुनामीको चेतावनी जारी गरेको छ । हाल कुनै क्षतिको खबर छैन ।

जापानी मिडिया एनएचकेका अनुसार प्रशासनले ५ मिटर (१६ फिट) अग्लो छालहरू उठ्न सक्ने बताएको छ । तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

जापानी सञ्चारमाध्यमका अनुसार फुकुसिमा आणविक प्लान्टलाई नजिकबाट नियालिरहेको छ । मार्च २०११ मा जापानमा ९ म्याग्निच्युडको भूकम्पले ठूलो सुनामी आएको थियो । जसमा उठेको सुनामीको छालले फुकुसिमा आणविक प्लान्टलाई ध्वस्त पारेको थियो ।

यसलाई वातावरणीय क्षतिको हिसाबले ठूलो घटना मानिएको छ । त्यसपछि समुद्रमा १० मिटर अग्लो छालले धेरै शहरहरूमा विनाश निम्त्यायो । जसमा करिब १६ हजार मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  २ : १७ बजे