सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमले कोशीलाई दियो ८९ रनको चुनौती

काठमाडौँ ।  प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो । 

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । उनले २४ बलमा चार चौका प्रहार गरिन् । त्यस्तै इन्दु वर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । रुबी पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७÷७ रन बनाए । 

 बलिङतर्फ सङ्गीता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सवनम राईले समान एक÷एक विकेट लिए । कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 
 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १ : ४७ बजे