आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तय गर्दै सुनचाँदीकै कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।  

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । 

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम छ । महासंघले आज तोलामा १४ सय ५५ रुपैयाँ कायम हुँदै चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ ।  

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : १४ बजे