दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मन्त्रीको गाडी भीडमा नआएको भए बालकुमारी घटना हुने थिएन : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीको कारण बालकुमारीमा घटना घटेको बताउनुभएकाे छ ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले शुक्रबार मन्त्रीको गाडी प्रदर्शनको भीडमा नआएको भए घटना नहुने बताउनुभएकाे हाे । उहाँले मन्त्रीको गाडी बालकुमारी आएपछि प्रदर्शनकारीहरू उग्र बनेको बताउनुभयाे ।

उहाँले मन्त्रीको सुरक्षाका लागि प्रहरी बल प्रयोग गरिएको पनि उल्लेख गर्नुभयाे ।  ‘उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ । बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन् । मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो,’ महानिरीक्षक कुँवरले भन्नुभयाे ।

गत शुक्रबार कोरिया जानका लागि सिप बिल्डिङ क्षेत्रमा परीक्षा दिएर असफल भएकाहरुले गरेको प्रदर्शनका क्रममा बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी भएको थियो । प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवाहरुको ज्यान गएको थियो ।

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ११ : २८ बजे