सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत आसपासका जिल्लामा महसुस गरिएको थियो ।

 

 

 

 

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ०८ बजे