दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भक्तपुरमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २४ गतेदेखि 

भक्तपुर । नेपाल भारोत्तोलन सङ्घले यही पुस २४ गतेदेखि २६ गतेसम्म मध्यपुरथिमिमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

सङ्घले आइतबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै आयोजक भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले पुरुष र महिलातर्फ सिनियर, जुनियर र यूथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने बताउनुभयो । 

प्रतियोगिता दुई सय ५० खेलाडीको सहभागिता रहने बताउँदै उहाँले सहभागी सबैको खाना र बसोबासको व्यवस्था सङ्घले नै गर्ने बताउनुभयो । प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ, एसियाली भारोत्तोलन महासङ्घ र नेपाल भारोत्तोलन सङ्घको नियमअनुसार खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ८६ लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

प्रतियोगितामा विभिन्न चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि, यूथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि तथा यूथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिलातर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कूल दुई सय ७० तथा पुरुषतर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित २७० गरी कूल पाँच सय ४० पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ४९ बजे