सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भारतमा आगलागी हुँदा छ जनाको मृत्यु, नौ घाइते

नयाँदिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विवरण दिनका लागि आफू आधिकारिक व्यक्ति नभएको जनाउँदै एक प्रहरी अधिकारीले भने, “हामीलाई करिब १ः१५ बजे फोन गरेर आगलागी भएको जानकारी आएको थियो । हामी आगो निभाउने उपकरणसहित घटनास्थलमा पुग्यौं । आगो निभाइएको छ । छ जनाको शव फेला परेको छ ।”

“घटनाको पुष्टि गर्दै स्थानीय दमकल विभागका एक अधिकारीले भने, “घटनामा छ जनाको मृत्यु भएको र नौ जनालाई घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।”

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकसङ्ख्या थप हुनसक्ने उनले बताए ।
 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १ : ४७ बजे