काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुढानीलकण्ठ नगरपालिका२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : १५ पुस २०८०, आइतबार १ : ३० बजे
प्रतिक्रिया