चर्को आलोचनापछि सच्चिए कोशीका मुख्यमन्त्री कार्की

​​​​​​​काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम उल्लेख भएको लेटरहेडमार्फत तमु ल्होसारको शुभकामना दिनुभएको छ ।

यसअघि दिनुभएको शुभकामना सन्देशसहितको लेटरहेडमा कोशी प्रदेश नाम उल्लेख थिएन । उहाँले पछिल्लो शुभकामना सन्देशमा प्रदेशको नाम राखेर सच्याउनुभएको छ । प्रदेशको नाम कोशीलाई लिएर अहिले पनि त्यहाँ विवाद जारी छ ।

पहिचानवादीहरुले प्रदेशको नाम कोशी राखिएकामा विरोध गरिरहेका छन् । उनीहरुले पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने माग गर्दै आएका छन् पहिचानवादीहरुको विरोध र दबाबकै कारणले यसअघिको लेटरहेडमा मुख्यमन्त्री कार्कीले प्रदेशको नाम उल्लेख नगरेको अनुमान गरिएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १ : २२ बजे