कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम नै गायब पारेपछि…

​​​​​​​काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम गायब पारेपछि चर्को आलोचना भएको छ ।

आइतबार गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको नाम नै उल्लेख छैन् । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरको आधिकारिक वेवसाइटबाट जारी भएको उक्त शुभकामना सन्देशमा प्रदेशको नाम उल्लेख नभएपछि मुख्यमन्त्री कार्कीको आलोचना सुरु भएको हो ।

मुख्यमन्त्री कार्कीको सन्देशलाई सामाजिक सञ्जालमा ‘यी मान्छे कुन प्रदेशका मुख्यमन्त्री रैछन्’ भन्दै उहाँको कार्यशैलीको आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ११ : २३ बजे