बालकुमारी हत्या प्रकरण : सुजन र वीरेन्द्रलाई शहीद घोषणा गर्न परिवारको माग

काठमाडौं । शुक्रबार बालकुमारीमा मारिएका वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न परिवारले माग गरेका छन् ।

शनिबार मृतकका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरेका हुन् ।

त्यस्तै गृहमन्त्री र यातायातमन्त्रीको राजीनामा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टीलगायतका मागहरु रहेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ५७ बजे