दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

दाङ । दाङको तुलसीपुरमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । 

बर्दियाको बडैयाताल गाउँपालिका-६ मैनापोखरबाट वनभोजका लागी दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको गाडी आज बिहान तुलसीपुर १३ दमारगाँउ नजिकै दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले जानकारी दिनुभयो । 

दुर्घटनामा परी ३० जनाभन्दा बढी घाइते भएको हुनसक्ने उहाँले बताउनुभयो । घाइते मध्य केहीलाई नेपालगञ्ज र केही तुलसीपुरतर्फ उपचारका लागि पठाइएको छ। 

बसको ब्रेक आयल फुटेर ब्रेक फेल हुँदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताउनुभयो । 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ४७ बजे