‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सांसद तोसिमा कार्कीले १७ हजार २ लेखेको प्लेकार्ड देखाएपछि बालुवाटारमा खैलाबैला

​​​​​​​काठमाडौँ । बालकुमारीमा दुई युवा मारिएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसमा कार्कीले अपनाएको विरोधको शैलीलाई लिएर बालुवाटारमा खैलाबैला मच्चिएको छ । 

कोरियाली भाषा परीक्षा सम्बन्धी विवादमा भएको प्रदर्शनका क्रममा प्रहरी कारबाहीमा परी दुई युवाको निधन भएको विरोधमा सांसद तोसिमाले १७ हजार २ लेखेको प्ले काडै देखाएपछि सांसद कार्कीले अपनाएको विरोधको शैलीले बालुवाटारमा खैलाबैला मच्चिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले रास्वपा सांसद कार्कीका गतिविधि नियन्त्रण गर्न सङ्घीय संसद्को ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद कार्कीले विरोध प्रदर्शनका क्रममा  'प्रधानमन्त्री'ज्यू १७ हजार प्लस २ भयो त ! अझै कति ??? लेखिएको प्लेकार्ड बोक्नुभएको थियो । कार्कीको यो तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । यसबारे प्रधानमन्त्री सचिवालयले चासो राख्दै कार्कीका गतिविधि नियन्त्रण गर्न माग गरेको हो । प्रधानमन्त्रीका स्वकीय सचिव मल्लले विरोधका नाममा गरेको कार्य राजनैतिक परिवर्तन र शान्ति प्रक्रियाको मर्म र भावना विपरीत रहेको उल्लेख गर्दै खेद प्रकट गर्नुभएको छ । माओवादीले सुरु गरेको सशस्त्र युद्धमा १७ हजार नेपालीले ज्यान गुमाएका थिए । माओवादीका आलोचकहरूले १० वर्षमा १७ हजार नेपालीको ज्यान गुम्नुमा प्रचण्डलाई दोष दिने गरेका छन् । माओवादी नेतृत्वको शासनका बेला दुई युवा मारिएपछि धेरैले १७ हजार दुई भएको भन्दै विरोध जनाइरहेका छन्  । 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : ४२ बजे