दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाल पुलिस क्लबलाई नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ । 

पर्सा क्रिकेट सङ्घको आयोजनामा वीरगंजस्थित नारायणी रङ्गशालामा शनिवार भएको फाइनल खेलमा पर्सा-११ लाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधिसँगै ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । 

टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । पुलिसका लागि करण केसीले अविजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए ।

यसैगरी अर्जुन साउदले २६ रन, शङ्कर राणाले १९ रन, ओपनर दिलीप नाथले १७ रन, कप्तान आरिफ शेखले १६ रन, अमित श्रेष्ठले ७ रन, रशिद खानले ७ रन, सुनिल धमलाले २ रन, शेर मल्लले १ रन र सागर ढकालले १ रनको योगदान दिएका थिए ।  

१ सय ४६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पर्सा-११ ले ११ ओभरमा अलआउट हुँदै केवल ४५ रन मात्रै बनाएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए । 

यसैगरी ललित राजवंशी र रासिद खानले दुई/ दुई विकेट लिए भने करण केसी र शेर मल्लले समान एक/एक विकेट लिए । फाइनल खेलमा नेपाल पुलिस क्लबका करण केसी म्यान अफ द म्याच घोषित भए । 

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : १४ बजे