सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

श्रीलङ्कामा लागु औषध कारोबारको आशङ्कामा २ सय १७ जना सन्दिग्ध पक्राउ

कोलम्बो  । श्रीलङ्काको प्रहरीले विशेष कारबाहीमा लागु औषधसहित २१७ संदिग्धलाई पक्राउ गरेको छ ।

डिसेम्बर १८ देखि डिसेम्बर २५ का बीचमा उनीहरूले कामदार र व्यवसायिक लक्षित क्षेत्रमा विशेष कारबाही गरेका थिए ।  कामदारबाट प्राप्त सूचनाका आधारमा प्रहरीले ठुलो परिमाणमा लागु औषधसहित २ सय १७ जनालाई पक्राउ गरेको  बताइएको छ ।

पछिल्लो समय प्रहरीले लागु औषध विरुद्ध जनचेतना कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । यसैबिच प्रहरीले लागु औषध तथा सङ्गठित अपराध उन्मूलनका लागि देशव्यापी अभियान चलाइरहेको छ ।रासस/सिन्ह्वा

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ५० बजे