‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कस्तो छ आजको मौसम ?

​​​​​​​काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  

हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका स्थानहरूमा हुस्सु÷कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी  भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने र गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपात तथा तराईका भू–भागमा बिहानीपख हुस्सु÷कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता  अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : २८ बजे