गृहमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन रोकिन्न

वीरेन्द्रनगर । ललितपुरको बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको छ ।

ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको हो ।

दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन् । ‘हत्यारा सरकार चाहिदैन, जनता मार्न पाइदैँन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरीचोकबाट आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरेका छन् ।

उनीहरुले राज्यकै कारण युवाहरुको ज्यान गएको बताएका छन् । आन्दोलनमा सहभागी युवाहरुले गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : ०८ बजे