बालकुमारी घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले रोजगारी दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारी घटनाका मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताउनुभएकाे छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले सरकारले मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताउनुभएकाे हाे ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारजनका पीडाका खबर पढेर मन बेचैन भइरहेको छ । छोरा सुजनको अनायास हत्यापछि उनकी विधवा आमाको अवस्थाले मन पोल्छ । कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ । छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस् ।’ 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ०२ बजे