दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हेडक्वार्टर तानिए ललितपुरका एसएसपी शिद्धिविक्रम

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धिविक्रम शाह हेडक्वार्टर तानिने भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षा निकायका प्रमुखबीच शनिवार बिहान भएको छलफलपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको हो । 
उनलाई शनिवार साँझसम्म हेडक्वार्टर तान्ने तयारी भएको स्रोतको दाबी छ ।

शुक्रवार ईपीएसको परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका भौतिक पूर्वाधार योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइएको थियो ।

प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो । विदेश जानका लागि परीक्षा दिन पाउनु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका नागरिकमाथि बर्बर दमन र हत्या भएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।  बढ्दो विरोधलाई मथ्थर पार्न सरकारले तत्काललाई एसएसपी सरुवा गर्न लागेको हो । 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : ४४ बजे