दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रेका ७ जना माइतीघरबाट पक्राउ

काठमाडौँ । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघरमा ‘युवा विद्रोह’ नाम दिएर केही अभियन्ताहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागी हेम थापालगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएका तर फेल भएका युवाहरुले पुनस् भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली लागेर दुई युवकको मृत्यु भएको थियो ।

बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : १५ बजे