‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बालकुमारी घटनाका दोषीलाई फौजदारी अभियोजन दर्ता गर्न माग

काठमाडौं । सचेत नागरिक समाजले ललितपुरको बालकुमारीमा बिहीबार भएको घटनाबारे आपत्ति जनाउँदै सरकारको विरोध गरेको छ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको राज्यले निहत्था नागरिकको हत्या गर्न नमिल्ने बताएका हुन्।

उनीहरुले दुवै पक्षबाट गोली चलेको भए राज्य संयन्त्रलाई गोली चलाउन छुट रहे पनि निहत्था नागरिकमाथि सरकारले कुन आधारमा गोली चलाएको हो भन्नेकुराको छानबिन हुनुपर्ने बताए।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको राज्यले निहत्था नागरिकमाथि गोली प्रहार गरी हत्या गर्नु लोकतन्त्रको सबैभन्दा खराब पक्ष रहेको जिकिर गरे।

उनले राज्य नै अपराधी भएको जिकिर गरे। उनले निहत्था नागरिकको हत्या गर्नेहरुलाई कारबाही हुनैपर्ने बताए। बालकुमारी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र फौजदारी अभियोजन दर्ता गर्नुपर्ने बताए।

उनले भने, ‘राज्य नै क्रेमिनल जस्तो भइसकेको छ। राज्यका पदाधिकारी, सञ्चालकहरु क्रेमिनल जस्ता छन्। कानून कार्यान्वयन गर्ने व्यक्तिहरु नै सबैभन्दा ठूला आपराधिक व्यक्ति भएका छन्। राज्यमा निरन्तर अपराधीकरण भएको छ। राज्यले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको नागरिकको हत्या गर्छ। लोकतन्त्रमा यो भन्दा खराब कुरा हुनै सक्दैन।’

उनले जनता मार्ने अधिकार सरकारलाई नरहेको बताए। बिहीबार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरुले आन्दोलन गरेका थिए।

आन्दोलनका क्रममा दुईजना युवाको ज्यान गएको थियो। परीक्षा दिन पाउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीको गोली र लाठि चार्ज हुँदा दुई युवकहरुको ज्यान गएपछि यतिबेला सरकारको चर्को आलोचना भइरहेको छ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : ३३ बजे