‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रुपन्देहीमा एक बालिकाको हत्या, हत्यामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ

भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । 

स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । 

कुर्मी शुक्रवारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे  अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताउनुभयो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ११ : १४ बजे